बौद्ध जागरण संघको २२औँ वार्षिक साधारण सभा समापन कार्यक्रम

बौद्ध जागरण संघको २२औँ वार्षिक साधारण सभा मिति २०८३ साल भदौ २२ गते ललितपुरको लगनखेलस्थित सञ्चयकोष भवनको माथिल्लो तलामा भव्य रूपमा सम्पन्न भएको छ। संघका १५० भन्दा बढी सदस्य तथा सहभागीहरूको उपस्थितिमा सम्पन्न सभाले संस्थाको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी कार्यदिशाका सम्बन्धमा महत्वपूर्ण छलफल गरेको थियो।

बौद्ध जागरण संघका अध्यक्ष काइला लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा ललितपुर क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य बुद्ध महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी संघका प्रमुख गुरु तथा विपश्यना ध्यान गुरु श्रध्देय खेम्पो डा. कर्म सांबो लगायत अन्य विशिष्ट अतिथिहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्घाटन संघका सचिव भिम लामाबाट गरिएको थियो। त्यसैगरी, अतिथिहरुको मन्तव्य पश्चात  संघका अध्यक्ष काइला लामाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संघका कोषाध्यक्ष सोम लामाले संस्थाको वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

सभाका क्रममा बौद्ध जागरण संघको आधिकारिक वेबसाइट निर्माण सम्पन्न भएको सन्दर्भमा संघका आजीवन सदस्य तथा वेबसाइट निर्माता सुमन तामाङले वेबसाइटको उद्देश्य, संरचना तथा यसको प्रयोगसम्बन्धी संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो। वेबसाइटमार्फत संघका गतिविधि, कार्यक्रम, सूचना तथा संस्थासम्बन्धी महत्वपूर्ण जानकारीलाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने उद्देश्य रहेको जानकारी गराइएको थियो।

कार्यक्रममा संघको विगतको प्रगति तथा आगामी योजनाका विषयमा समेत छलफल भएको थियो। उपस्थित सदस्य तथा अतिथिहरूले संस्थाको आगामी यात्रा, सामाजिक तथा संस्थागत गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो।

अन्त्यमा संघका अध्यक्ष तथा सभापति काइला लामाले उपस्थित सम्पूर्ण अतिथि, सदस्य तथा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै २२औँ वार्षिक साधारण सभा औपचारिक रूपमा समापन गर्नुभएको थियो।

कार्यक्रम: २२औँ वार्षिक साधारण सभा
मिति: २०८३ भदौ २२ गते
स्थान: सञ्चयकोष भवन, लगनखेल, ललितपुर – माथिल्लो तला
सहभागिता: १५० भन्दा बढी
सभापति: काइला लामा, अध्यक्ष, बौद्ध जागरण संघ
प्रमुख अतिथि: बुद्ध महर्जन, प्रतिनिधि सभा सदस्य, ललितपुर क्षेत्र नं. १
विशेष उपस्थिति: श्रध्देय खेम्पो डा. कर्म साङ्बो, प्रमुख गुरु तथा विपश्यना ध्यान गुरु,

Leave a Comment

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ