नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!

बौद्ध जागरण संघ

ललितपुर, नेपाल

“बुद्धको शिक्षा, समाजको जागरण”

गृहपृष्ठ / उपदेशहरू

बौद्ध जागरण संघ उपदेशहरू

धर्मदेशना

बुद्धका शिक्षाहरू जीवनका लागि मार्गदर्शन

भगवान् गौतम बुद्धका उपदेशहरूले करुणा, मैत्री, अहिंसा, सत्य र मध्यम मार्गको अभ्यासमार्फत सुखी, शान्त र अर्थपूर्ण जीवन जिउन प्रेरणा दिन्छन्। यस पृष्ठमा बौद्ध धर्मका केही प्रमुख शिक्षाहरू संक्षिप्त रूपमा प्रस्तुत गरिएको छ।

चार आर्य सत्य

जीवनमा दुःखको कारण, त्यसको अन्त्य र मुक्ति प्राप्त गर्ने मार्गबारे भगवान् बुद्धले प्रतिपादन गर्नुभएको आधारभूत शिक्षा।

अष्टाङ्गिक मार्ग

सम्यक दृष्टि, सम्यक सङ्कल्पदेखि सम्यक समाधिसम्मका आठ मार्गहरूको अभ्यासले नैतिक, मानसिक र आध्यात्मिक विकासमा सहयोग पुर्‍याउँछ।

मैत्री र करुणा

सबै प्राणीप्रति प्रेम, करुणा, सहानुभूति र अहिंसाको भावना राख्दै समान व्यवहार गर्नु बुद्धको महत्वपूर्ण शिक्षा हो।

मध्यम मार्ग

अत्यधिक भोगविलास र कठोर तपस्या दुवैबाट टाढा रही सन्तुलित जीवनयापन गर्नु नै मध्यम मार्गको सार हो।

"मन नै सबै कुराको मूल हो। तपाईंले जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ।"

— भगवान् गौतम बुद्ध

हामीलाई सम्पर्क गर्नुहोस्

हाम्रो स्थान

© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।

वेबसाइट निर्माण: सुमन तामाङ्ग