नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!

बौद्ध जागरण संघ

ललितपुर, नेपाल

“बुद्धको शिक्षा, समाजको जागरण”

गृहपृष्ठ / कार्यक्रमहरू

कार्यक्रमहरू

हाम्रा प्रमुख कार्यक्रमहरु

बौद्ध जागरण संघले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सञ्चालन गर्दै आएका प्रमुख कार्यक्रमहरूको झलक।

२२औँ वार्षिक साधारण सभा

बुद्ध जागरण संघको २२औँ वार्षिक साधारण सभा २०८३ भदौ २२ गते लगनखेल, ललितपुरस्थित सञ्चयकोष भवनमा १५० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न भयो।

संघका अध्यक्ष काइला लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य बुद्ध महर्जन, प्रमुख गुरु डा. कर्म सांबो लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा संघको नयाँ वेबसाइटसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो।

शैक्षिक कार्यक्रम

बौद्ध जागरण संघले बौद्ध शिक्षा, नैतिक मूल्य तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यार्थी, युवा तथा सर्वसाधारणलाई लक्षित गरी धर्म अध्ययन, नैतिक शिक्षा, प्रशिक्षण, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिन्छ। यस्ता कार्यक्रमहरूले ज्ञान, अनुशासन र सकारात्मक जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्।

ध्यान शिविर कार्यक्रम

संघले मानसिक शान्ति, आत्मिक विकास र सकारात्मक जीवनशैलीको प्रवर्द्धन गर्न नियमित ध्यान शिविर, धर्मदेशना तथा प्रवचन कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुभवी गुरु तथा धर्माचार्यहरूको मार्गदर्शनमा सहभागीहरूले ध्यान अभ्यास, बौद्ध दर्शन तथा दैनिक जीवनमा धर्मको प्रयोगबारे ज्ञान प्राप्त गर्ने अवसर पाउँछन्।

बाल शिक्षा तथा कल्याण

आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित बालबालिकाहरूको शैक्षिक, नैतिक र सामाजिक विकासका लागि संघले विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। छात्रवृत्ति, शैक्षिक सामग्री वितरण, पोषण सहयोग तथा व्यक्तित्व विकाससम्बन्धी गतिविधिमार्फत बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्‍याइन्छ।

धार्मिक भ्रमण तथा तीर्थयात्रा

बौद्ध जागरण संघले देशभित्र तथा विदेशका ऐतिहासिक र पवित्र बौद्ध तीर्थस्थलहरूमा नियमित धार्मिक भ्रमण तथा तीर्थयात्राको आयोजना गर्दै आएको छ। यस्ता भ्रमणहरूले बुद्धका जीवन, शिक्षा र बौद्ध सम्पदाबारे प्रत्यक्ष अनुभव प्राप्त गर्न सहयोग पुर्‍याउनुका साथै सहभागीहरूबीच आध्यात्मिक चेतना, मैत्रीभाव र सांस्कृतिक एकताको विकास गर्दछ।

हाम्रा प्रमुख गतिविधिहरू

संस्थाले वर्षभरि सञ्चालन गर्ने प्रमुख धार्मिक, सामाजिक तथा संस्थागत गतिविधिहरू

tour bjs1

वार्षिक धार्मिक भ्रमण

संस्थाले प्रत्येक वर्ष नेपाल तथा आवश्यकतानुसार अन्य बौद्ध तीर्थस्थलहरूमा धार्मिक भ्रमण तथा तीर्थयात्राको आयोजना गर्दै आएको छ। यस्ता भ्रमणले आध्यात्मिक चेतना, आपसी सद्भाव र बौद्ध संस्कृतिप्रतिको सम्मान अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछन्।

bises gadibidhi bjs1

वार्षिक साधारण सभा

संस्थाको वार्षिक प्रगति समीक्षा, आर्थिक प्रतिवेदन प्रस्तुत, आगामी योजना निर्माण तथा सदस्यहरूबीच विचार आदानप्रदान गर्ने उद्देश्यले प्रत्येक वर्ष साधारण सभा आयोजना गरिन्छ।

ritual bjs 4 by 3

धार्मिक तथा सांस्कृतिक कार्यक्रम

बुद्ध जयन्ती, विशेष पूजा, धर्मदेशना, सांस्कृतिक प्रस्तुति तथा बौद्ध पर्वहरूलाई सम्मानपूर्वक मनाउने उद्देश्यले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिन्छ।

samjik bjs2

सामाजिक सेवा गतिविधि

समुदायको आवश्यकता अनुसार शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सहयोग तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा सकारात्मक योगदान पुर्‍याउने प्रयास गरिन्छ।

हामीलाई सम्पर्क गर्नुहोस्

हाम्रो स्थान

© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।

वेबसाइट निर्माण: सुमन तामाङ्ग