नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!

बौद्ध जागरण संघ

ललितपुर, नेपाल

“बुद्धको शिक्षा, समाजको जागरण”

बौद्ध जागरण संघ, ललितपुरद्वारा आध्यात्मिक जागरण प्रवर्द्धन गर्दै पहिलो थाइल्यान्ड तीर्थयात्रा २०८२ साल मंसिर १२ गतेदेखि १९ गतेसम्म सफलतापूर्वक सम्पन्न।

बौद्ध जागरण संघद्वारा पहिलो अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रा (थाइल्यान्ड) सफलतापूर्वक सम्पन्न।

PlayPause
previous arrow
next arrow
 
kaila lamm bgs

अध्यक्षको सन्देश

बौद्ध जागरण संघको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ।

 

हामी बौद्ध धर्म, संस्कृति तथा मानवीय मूल्यहरूको संरक्षण, प्रवर्द्धन र विकासमा समर्पित संस्था हौँ। भगवान् गौतम बुद्धका करुणा, मैत्री र अहिंसाका शिक्षालाई समाजमा फैलाउने उद्देश्यले विभिन्न धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएका छौँ।

यस वेबसाइटमार्फत संस्थाका गतिविधि, सूचना तथा सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नुहुनेछ। यहाँहरूको साथ, सहयोग र विश्वासप्रति हार्दिक आभार।

 

aboutus bjs

हाम्रो बारेमा

वि.सं. २०६२ सालमा ललितपुरमा स्थापित बौद्ध जागरण संघ एक सक्रिय सामाजिक तथा धार्मिक संस्था हो। यस संस्थाले बुद्ध धर्मको प्रचार-प्रसार, नैतिक शिक्षा, र सामाजिक सेवाको माध्यमबाट समाजमा शान्ति, करुणा र मानवीय मूल्यहरूको प्रवर्द्धन गर्दै निरन्तर कार्य गरिरहेको छ।

हाम्रा उद्देश्य, दृष्टि, तथा मिसन

हाम्रो उद्देश्य

बुद्ध धर्मको प्रचार–प्रसार, सामाजिक सेवा र नैतिक मूल्यहरूको विकास गर्दै समाजमा शान्ति र सद्भाव कायम गर्नु।

हाम्रो दृष्टि

बुद्धका शिक्षामा आधारित शान्तिपूर्ण, समतामूलक र नैतिक समाज निर्माण गर्नु।

हाम्रो मिशन

धार्मिक, शैक्षिक तथा सामाजिक कार्यक्रममार्फत सबै समुदायलाई सकारात्मक परिवर्तनतर्फ प्रेरित गर्नु।

हाम्रा प्रमुख कार्यक्रमहरु

बौद्ध जागरण संघले धार्मिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा सञ्चालन गर्दै आएका प्रमुख कार्यक्रमहरूको झलक।

ध्यान शिविरको फोटो

नियमित ध्यान, प्रवचन तथा धर्मदेशना मार्फत बौद्ध शिक्षाको प्रचार–प्रसार गरिन्छ।

धार्मिक भ्रमण तथा तीर्थयात्रा

बौद्ध जागरण संघद्वारा विभिन्न पवित्र बौद्ध तीर्थस्थलहरूमा नियमित धार्मिक भ्रमण तथा तीर्थयात्राको आयोजना गरिन्छ।

शैक्षिक कार्यक्रम

बौद्ध शिक्षा, नैतिक मूल्य तथा व्यक्तित्व विकासलाई प्रवर्द्धन गर्न विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिन्छ।

बाल शिक्षा तथा कल्याण

आर्थिक रूपमा कमजोर तथा अवसरबाट वञ्चित बालबालिकालाई शिक्षा, आवास, भोजन तथा आवश्यक सहयोग उपलब्ध गराउने कार्यमा सहजीकरण गर्दै उनीहरूको शैक्षिक र नैतिक विकासमा योगदान पुर्‍याइन्छ।

नवीनतम सूचना तथा विज्ञप्ति

बौद्ध जागरण संघको २२औँ वार्षिक साधारण सभा समापन कार्यक्रम

बौद्ध जागरण संघको २२औँ वार्षिक साधारण सभा मिति २०८३ साल भदौ २२ गते ललितपुरको लगनखेलस्थित सञ्चयकोष भवनको माथिल्लो तलामा भव्य रूपमा सम्पन्न भएको छ। संघका १५० भन्दा बढी सदस्य तथा सहभागीहरूको उपस्थितिमा...

१८औँ वार्षिक साधारण सभा–२०८३

बौद्ध जागरण संघ, ललितपुर नेपाल परिवारद्वारा संघको १८औँ वार्षिक साधारण सभा–२०८३ आयोजना गरिएको सम्बन्धमा सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूमा यो सूचना प्रकाशित गरिएको छ। कार्यक्रम विवरण: मिति: २०८३ साल...

संस्थाको उपलब्धि

सक्रिय सदस्य
0 +
धार्मिक तथा सांस्कृतिक कार्यक्रम
0 +
सामाजिक सेवा अभियान
0 +
वर्षको सेवा यात्रा
0 +

हाम्रो अभियानमा सहभागी हुनुहोस्

सदस्यता, स्वयंसेवा वा सहयोगमार्फत बौद्ध जागरण संघको अभियानलाई सफल बनाउन साथ दिनुहोस्।

सदस्य बन्नुहोस्

बौद्ध जागरण संघको सदस्य भई हाम्रो संस्था तथा अभियानसँग औपचारिक रूपमा आबद्ध हुनुहोस्। सदस्यतामार्फत विभिन्न धार्मिक, सामाजिक र सांस्कृतिक गतिविधिमा सहभागी हुन सक्नुहुन्छ।

 

 

स्वयंसेवक बन्नुहोस्

संघद्वारा सञ्चालन गरिने कार्यक्रम, सेवा तथा जनचेतनामूलक अभियानमा स्वयंसेवकका रूपमा सक्रिय भूमिका निर्वाह गर्नुहोस्।

 

 

 

सहयोग / दान गर्नुहोस्

 

तपाईंको आर्थिक वा अन्य सहयोगले धर्म, शिक्षा, संस्कृति तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न महत्वपूर्ण योगदान पुर्‍याउँछ।

 

 

ग्यालेरी

बौद्ध जागरण संघद्वारा सञ्चालन गरिएका धार्मिक, शैक्षिक तथा सामाजिक गतिविधिहरूका केही अविस्मरणीय झलकहरू।

बुद्ध जयन्ती समारोह

buddhajayanti bjs1

ध्यान तथा धर्मदेशना

dhyan bjs1

सामाजिक सेवा अभियान

samjik bjs2

धार्मिक भ्रमण तथा तीर्थयात्रा

tour main

शैक्षिक कार्यक्रम

saichhik bjs5

संघका विशेष गतिविधिहरू

gumba nirman2 4 by 3

© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।

वेबसाइट निर्माण: सुमन तामाङ्ग