नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!

बौद्ध जागरण संघ

ललितपुर, नेपाल

“बुद्धको शिक्षा, समाजको जागरण”

गृहपृष्ठ / सदस्य बन्नुहोस्

बौद्ध जागरण संघ सदस्य बन्नुहोस्

संघसँग जोडिनुहोस्

बौद्ध जागरण संघको सदस्य बन्नुहोस्

बौद्ध जागरण संघको सदस्य बनी बुद्धका करुणा, मैत्री तथा अहिंसाका आदर्शलाई समाजमा प्रवर्द्धन गर्ने अभियानमा सहभागी हुनुहोस्। तपाईंको सदस्यताले संस्थाको धार्मिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुर्‍याउनेछ।

किन सदस्य बन्ने?

सामाजिक सेवा

धार्मिक तथा सामाजिक सेवामूलक गतिविधिमा सक्रिय रूपमा सहभागी हुने अवसर।

सहकार्य

समान सोच भएका व्यक्तिहरूसँग सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अवसर।

धर्म अध्ययन

बौद्ध धर्म, दर्शन तथा संस्कृतिसम्बन्धी अध्ययन र प्रशिक्षणमा सहभागी हुने अवसर।

समाजमा योगदान

करुणा, मैत्री र सेवाभावको माध्यमबाट समाजमा सकारात्मक योगदान पुर्‍याउने अवसर।

सदस्यका लाभहरू

सदस्य भएर प्राप्त हुने अवसरहरू

बौद्ध जागरण संघको सदस्य बनेपछि तपाईंले विभिन्न धार्मिक, सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी गतिविधिहरूमा सहभागी हुने अवसर प्राप्त गर्नुहुनेछ।

sanskritik bjs
dharmadeshan
community1

धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता

संघद्वारा आयोजना गरिने विभिन्न पूजा, प्रवचन, ध्यान शिविर तथा सांस्कृतिक कार्यक्रममा प्राथमिकताका साथ सहभागी हुन सकिने।

अध्ययन तथा प्रशिक्षण

बौद्ध दर्शनमा आधारित नैतिक शिक्षा र नेतृत्व विकासको यो प्रशिक्षण एक उत्कृष्ट अवसर हो। यसले तपाईंको व्यक्तित्व र नेतृत्व क्षमतालाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ।

समुदायसँग सहकार्य

समाजसेवा तथा सामुदायिक विकासका विभिन्न अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने अवसर।

संस्थाको विकासमा योगदान

संघको योजना, गतिविधि तथा दीर्घकालीन विकासमा आफ्नो विचार र योगदान दिन सकिने।

सरल प्रक्रिया

सदस्य बन्ने प्रक्रिया

बौद्ध जागरण संघको सदस्य बन्नका लागि तल उल्लेखित सरल चरणहरू पूरा गर्नुहोस्। आवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी सदस्यता प्रदान गरिनेछ।

आवेदन फाराम भर्नुहोस्

आफ्नो व्यक्तिगत विवरण सही रूपमा भरेर सदस्यता आवेदन फाराम पेश गर्नुहोस्।

आवेदन समीक्षा

संघले प्राप्त आवेदन आवश्यक मापदण्डअनुसार समीक्षा तथा प्रमाणीकरण गर्नेछ।

सदस्यता स्वीकृति

आवेदन स्वीकृत भएपछि तपाईंलाई संघको आधिकारिक सदस्यका रूपमा दर्ता गरिनेछ।

कार्यक्रममा सहभागी हुनुहोस्

सदस्य बनेपछि संघका धार्मिक, सामाजिक तथा सांस्कृतिक गतिविधिहरूमा सक्रिय रूपमा सहभागी हुन सक्नुहुनेछ।

आवेदन फाराम

सदस्यता आवेदन फाराम

बौद्ध जागरण संघको सदस्य बन्न इच्छुक हुनुहुन्छ भने कृपया तलको आवेदन फाराम सही र पूर्ण रूपमा भर्नुहोस्। तपाईंको आवेदन समीक्षा गरी आवश्यक प्रक्रिया पूरा भएपछि हामी तपाईंसँग सम्पर्क गर्नेछौँ।

सदस्यता शुल्क भुक्तानी

सदस्यता आवेदन पठाउनु अघि कृपया सदस्यता शुल्क तल दिइएको रकम ट्रान्सफर गर्ने माध्यमहरु प्रयोग गरी भुक्तानी गर्नुहोस्।

साधारण सदस्य

रु. १,०००

आजीवन सदस्य

रु. ५,०००

रकम ट्रान्सफर गर्ने माध्यमहरु

QR स्क्यान गरी सहयोग गर्नुहोस्

QR Payment सुविधा चाँडै उपलब्ध हुनेछ।

बैंक खातामार्फत सहयोग

तपाईं तल उल्लेखित बैंक खातामा रकम जम्मा गरी पनि सहयोग गर्न सक्नुहुन्छ।

बौद्ध जागरण संघको सदस्य बन्न इच्छुक महानुभावहरूलाई हार्दिक स्वागत छ। कृपया तल दिइएको सदस्यता फारम सही तथा पूर्ण विवरणसहित भर्नुहोस्। तपाईंको आवेदन प्राप्त भएपछि संस्थाको नियमअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। धन्यवाद।

***महत्त्वपूर्ण सूचना***

कृपया सदस्यता शुल्क QR Code वा बैंक खातामार्फत भुक्तानी गरी आवेदन फाराम पेश गर्नुहोस्। भुक्तानी गरेपछि सम्भव भए Transaction ID वा भुक्तानी सम्बन्धी विवरण उल्लेख गर्नुहोस्। आवेदनमा उल्लेख गरिएका सम्पूर्ण विवरणहरू सही र सत्य हुनुपर्छ।

हार्दिक धन्यवाद!

बौद्ध जागरण संघको सदस्य बन्ने तपाईंको इच्छाप्रति हार्दिक धन्यवाद। तपाईंको सदस्यता आवेदन प्राप्त भएपछि आवश्यक प्रक्रिया पूरा गरी संघबाट तपाईंलाई सम्पर्क गरिनेछ। बौद्ध धर्म, संस्कृति तथा मानवीय मूल्यहरूको संरक्षण र प्रवर्द्धनको हाम्रो यात्रामा तपाईंको साथ र सहभागिताको हामी हार्दिक स्वागत गर्दछौं।

हामीलाई सम्पर्क गर्नुहोस्

हाम्रो स्थान

© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।

वेबसाइट निर्माण: सुमन तामाङ्ग